शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नुहाउने क्रममा बेपत्ता युवकको शव फेला

मङ्गलबार, २५ असार २०८१, २० : १३
मङ्गलबार, २५ असार २०८१

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो । उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप