घट्यो महँगी, ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशतमा सीमित
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले अघिल्लो वर्षको सोही महिनाको अवधिमा मुद्रास्फीति घटेको जानकारी दिएको हो ।
तथ्यांकअनुसार यो ११ महिनामा मुद्रास्फीति ४.१७ प्रतिशत छ । जुन, अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।
यस्तै दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । यस्तै घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण