युक्रेनी युद्धमा ज्यान गुमाउने भारतीयका परिवारलाई क्षतिपूर्ति र नागरिकता दिँदै रुस
मस्को । धोकापूर्ण तवरले युक्रेनविरुद्ध जारी युद्धमा पठाएर मारिएका भारतीयका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेको छ । दुई मृतकका परिवारले बीबीसी हिन्दीसँगको कुराकानीमा यसको पुष्टि गरेका छन् । यीमध्ये एउटा परिवारले रुसी नागरिकता स्वीकार गर्न पनि सहमति जनाएका छन् ।
गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीलाई भने, ‘उनीहरूले मेरो खातामा ४५ लाख रुपैयाँ जम्मा गरिसकेका छन् । १ करोड ३० लाख भारु क्षतिपूर्तिको बाँकी रकमबाट अझै अरू आउन बाँकी छ । सम्भवतः यही महिनाको १५ वा २० सम्ममा यो रकम पाइनेछ ।’
गत फेब्रुअरी २१ गते भएको मिसाइल आक्रमणमा परेर मांगुकियाका छोरा हमिलको मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । एजेन्टले धोकापूर्ण तरिकाले उनलाई रुसी सेनामा भर्ती गराएका थिए । एजेन्टले उनीसँग रुसी सेनामा हेल्परको जागिर दिने वाचा गरेका थिए । तर उनलाई युद्ध मैदानमा लड्न पठाइएको थियो । राम्रो तलबको लोभ देखाएर युद्ध भूमिमा पठाउनेमा कम्तीमा ५० जना भारतीयहरू छन् ।
उनीहरूको उमेर २२ देखि ३१ वर्षबिच भएको बताइएको छ । यस मामिलामा व्यापक रूपमा छानबिन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको रुस भ्रमणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले झुक्क्याएर युद्ध मैदानमा पठाइएका भारतीयहरूलाई स्वदेश फिर्ता पठाइने वाचा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण