‘प्रतिनिधि सभाबाट पारित विधेयकमाथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु अनैतिक भएका बताएका छन् । बिहीबार मन्त्री पुनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाबाट पारित भएको आर्थिक विधेयक, २०८१ माथि राष्ट्रिय सभामा संशोधन प्रस्ताव दर्ता गराउनु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यता विपरीत भएको उल्लेख गरिएको छ ।
राष्ट्रिय सभामा नेकपा ९एमाले० की प्रमुख सचेतक भगवती न्यौपानेलगायत सांसदहरूले पुनले ल्याएको आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
‘प्रतिनिधि सभामा विधेयक पारित गर्ने दलले नै राष्ट्रिय सभामा संशोधन पेस गर्नु राजनीति, नैतिक र स्थापित संसदीय अभ्यास, परम्परा, प्रचलन र मूल्यमान्यता अनुसारको व्यवहार हो वा होइन भन्ने विषयमा आगामी दिनहरूमा समेत बहस र विचार विमर्श हुँदै जाला’, पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै दलका नेताले ह्विप जारी गरेर प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभामा संशोधन दर्ता गर्नु र मन्त्रीमाथि तथ्यहीन र अधरहीन आरोप लगाउनु भनेको आफ्नै दलमाथि र आफैँमाथिको समेत आरोप हो ।’
असार २३ गते राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ नियमित कार्यसूचीमा रहेको र प्रस्ताव पेस गर्न मन्त्री गएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै मन्त्री पुनले राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका चार दलका सांसद्ले जारी गरेको विज्ञप्तिमा आफूमाथि गम्भीर आरोप लगाइएकोमा असहमति र आपत्ति रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठक स्थगित भएपछि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण