सडक अवरुद्ध
पहिरोले मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध
शुक्रबार, २८ असार २०८१, ०६ : ४९
चितवन । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।
सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ ।
पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण