यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ जना चालक कारबाहीमा
काठमाडौँ । काठमाडौँको बल्खुमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६६ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ३१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०१–००६ ख २९८५ नम्बरका बस चालक काभेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २५ वर्षीय हरि थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण