अक्षय कुमारलाई कोरोना सङ्क्रमण
मुम्बई । बलिउड अभिनेता अक्षय कुमार कोभिड पोजेटिभ भएका छन् । कोभिड भएसँगै उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएनन् । अक्षय यस वर्ष मार्चमा जामनगरमा अनन्त-राधिकाको पहिलो प्रि-वेडिङ समारोहमा सहभागी भएका थिए।
स्रोतका अनुसार हालै फिल्म ‘सरफिरा’ को प्रमोशनका क्रममा अक्षयको स्वास्थ्य बिग्रिएको थियो । फिल्मको प्रमोसनको क्रममा एक क्रु सदस्य कोभिड-१९ ले बिरामी परे, त्यसपछि अक्षय पनि बिरामी परे । उनलाई शुक्रबार बिहान कोभिड पोजेटिभ भेटिएको थियो ।
यसअघि सन् २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना सङ्क्रमित भएका थिए । त्यति बेला अक्षयबाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजेटिभ भेटिएका थिए।
अक्षय सन् २०२१ मा पनि कोभिड पोजेटिभ थिए तर उनी छिट्टै निको भए। त्यसबेला अक्षयले पीएम केयर फन्डमा २५ करोड भारतीय रुपैयाँ दान गरेका थिए । उनी त्यसो गर्ने पहिलो सेलिब्रेटी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण