आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो ।
शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ ।
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो । केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन भएको थियो । लामो समयपछि त्रिविले स्ववियु निर्वाचन गराउन सफल भएको थियो ।
हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्वाचनका लागि ग्रिन सिग्नल दिएपछि २०७९ मा निर्वाचन सम्पन्न भएको थियो ।
यो पटक भने त्रिविले आफ्नो शैक्षिक क्यालेन्डरमा नै निर्वाचनको मिति समेत राखेको छ । आगामी दुई वर्षपछि हुने निर्वाचनको मिति समेत अहिले नै तय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण