हराएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन भेटिए

काठमाडौँ । हराएका तथा चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन भेटिएका छन् । भेटिएका ती सवारी साधन ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला,नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २१ ओटा सहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा