सिमलताल पहिरो
गृहसचिव र सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा
आइतबार, ३० असार २०८१, १७ : ००

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् । शुक्रबार बिहान सो क्षेत्रमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए ।
सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल, आईजीपी वसन्त कुँवर र सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल घटनास्थलमा पुगेका हुन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमति प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।
दुर्घटनामा परेका ५ जनाको शव फेला परेको छ । शव भेटिएका सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय