सिमलताल पहिरो
गृहसचिव र सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा
आइतबार, ३० असार २०८१, १७ : ००
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् । शुक्रबार बिहान सो क्षेत्रमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए ।
सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल, आईजीपी वसन्त कुँवर र सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल घटनास्थलमा पुगेका हुन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमति प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।
दुर्घटनामा परेका ५ जनाको शव फेला परेको छ । शव भेटिएका सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण