खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका थप जनशक्ति परिचालन
काठमाडौँ । चितवनस्थित त्रिशुली नदीमा भएको बस दुर्घटनामा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीको जनशक्ति बढाइएको छ ।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोर सहित १ सय ६ जना जनशक्ति खटिएका छन् ।
यस्तै नम्बर ३ गढीमाई बाहिनी र नम्बर १७ गण चितवनबाट डीएसपीको कमान्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना जनशक्ति खटिएका छन् ।
यस्तै नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यबिन्दु र देबचुलीका विभिन्न ठाउँमा ४१ जनासहित जम्मा २ सय ६ जना र यसअघि प्रयोग गरिएका सबै उपकरणसहित ७ वटा र्याफ्ट बोट, १ मोटर बोट र १ कायाक समेत परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको उनले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए ।
यद्यपि बिहीबार भएको दुर्घटनामा हराइरहेका दुई बस अझै भेटिएका छैनन् । यस्तै दुर्घटनामा परेका ५ जनाको शव भने विभिन्न स्थानमा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण