खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका थप जनशक्ति परिचालन

काठमाडौँ । चितवनस्थित त्रिशुली नदीमा भएको बस दुर्घटनामा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरीको जनशक्ति बढाइएको छ ।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोर सहित १ सय ६ जना जनशक्ति खटिएका छन् ।
यस्तै नम्बर ३ गढीमाई बाहिनी र नम्बर १७ गण चितवनबाट डीएसपीको कमान्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना जनशक्ति खटिएका छन् ।
यस्तै नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यबिन्दु र देबचुलीका विभिन्न ठाउँमा ४१ जनासहित जम्मा २ सय ६ जना र यसअघि प्रयोग गरिएका सबै उपकरणसहित ७ वटा र्याफ्ट बोट, १ मोटर बोट र १ कायाक समेत परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको उनले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए ।
यद्यपि बिहीबार भएको दुर्घटनामा हराइरहेका दुई बस अझै भेटिएका छैनन् । यस्तै दुर्घटनामा परेका ५ जनाको शव भने विभिन्न स्थानमा फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ