नवलपरासी पूर्व र पश्चिममा थप ३ जनाको शव फेला, हालसम्म १२ शव प्राप्त
काठमाडौँ । नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिको किनारमा एउटा र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बामगती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।
डीआईजी केसीले भने– ‘नवलपरासी पूर्वको गण्डकमा शव देखिएको छ तर, निकालिसकेको अवस्था छैन ।’ आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ बस्ने १७ वर्षको राहुम मियाँ छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । मियाँ गणपति डिलक्समा सवार रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको डीआईजी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण