नवलपरासी पूर्व र पश्चिममा थप ३ जनाको शव फेला, हालसम्म १२ शव प्राप्त
_AsVchsqP0X.jpg)
काठमाडौँ । नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिको किनारमा एउटा र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बामगती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।
डीआईजी केसीले भने– ‘नवलपरासी पूर्वको गण्डकमा शव देखिएको छ तर, निकालिसकेको अवस्था छैन ।’ आइतबार साँझ नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट जमुनामाई–४ बस्ने १७ वर्षको राहुम मियाँ छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । मियाँ गणपति डिलक्समा सवार रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको डीआईजी केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघको म्याद सकिएको अनुशासन समितिले सोध्यो ६ नेतालाई स्पष्टीकरण
-
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार, जनप्रतिनिधि र कर्मचारीले बीमा गर्नैपर्ने
-
शिक्षक आन्दोलनपछि सरकारी स्कुल खुल्दा जे देखियो
-
भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले आज
-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-
कोलकाता नाइट राइडर्सका विदेशी खेलाडी प्रशिक्षकको व्यवहारबाट रुष्ट