पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनुकूलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए ।
उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत शर्त तोकिएको बताए । उनले निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने बताए ।
उनले भने, ‘निष्ठा र इमानको राजनीतिलाई कुनै पनि किसिमको कुनै पनि कलङ्क नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्न चाहन्छु । जनताले भ्रष्टाचारको न्यूनीकरण खोजिरहेका छन् । सुशासनको प्रत्याभूति खोजिरहेका छन् । युवाहरू देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन् । सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ । ठुलो लगानी गर्ने वातावरण बनाउन सके मात्रै पर्यटकहरू मुलुकभित्र आउन सक्छन् । हाम्रा इन्जिनहरूलाई ठिकठाक बनाएर सर्भिसिङ गर्नुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठुलो लगानीसँगै लाखौँ पर्यटकहरू भित्र्याउनुपर्ने छ । पर्यटन क्षेत्रमा युवाहरूको आशा सञ्चार गर्ने गरी मुलुकमा नै बस्ने बनाउने गरी सृजनशील र रचनात्मक रूपमा काम गर्नेछ । पर्यटन नीति सुधार गर्ने गरी कार्यदल गठन गर्ने गरी परिमार्जन गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण