कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण
मङ्गलबार, ०१ साउन २०८१, १२ : ५४
कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए । उनले भने, “उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।” सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए ।
यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवालाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण