मन्त्री छनोटमा समावेशिता र प्रदेशको समान प्रतिनिधित्व नभएपछि कांग्रेसमा असन्तुष्टि
काठमाडौँ । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले मन्त्री चयनमा समावेशी र सबै प्रदेशको प्रतिनिधित्व हुन नसकेको बताएका छन् ।
मंगलबार बालुवाटारमा छलफल गर्दै उनीहरूले संघीय सरकारमा दलित समुदायको प्रतिनिधित्व शून्य हुनु दु:खद भएको निष्कर्ष निकालेका हुन् ।
छलफलमा सहभागी प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईँले मन्त्रिपरिषदमा दलित समुदायको प्रतिनिधित्व शून्य रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशबाट मन्त्री छनोट नगर्नुले गम्भीर बनाएको बताए । कांग्रेसले सहमहामन्त्री जीवन परियारलाई मन्त्री बनाउने चर्चा भएपनि अन्तिममा उनी छुटेका थिए ।
उनीहरूले गण्डकी प्रदेशको समृद्धि, गण्डकीले संसदमा खेल्ने भूमिका र राज्यमा गण्डकीको प्रतिनिधित्वका विषयमा पनि छलफल गरेका हुन् । गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । संघ र पार्टीसँग समन्वयबिना नै प्रदेश सरकार सञ्चालन भइरहेको उनीहरूको भनाइ थियो ।
गण्डकीभित्र एकता नभएकोले पनि राष्ट्रिय राजनीतिमा गुटहरूको नेतृत्वले निषेध गरिरहेको छलफलमा कुरा उठेको थियो । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, प्रतिनिधि सभा सांसदहरू शंकर भण्डारी, राजेन्द्र बजगाईँ, राजु थापा, राष्ट्रिय सभा सदस्य कमला पन्त, किरणबाबु श्रेष्ठलगायत उपस्थित थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाएको कांग्रेसमा भूगोलको समान प्रतिनिधित्व र समावेशितालाई उपेक्षा गरिएकामा असन्तुष्टि देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण