मन्त्री छनोटमा समावेशिता र प्रदेशको समान प्रतिनिधित्व नभएपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौँ । गण्डकी प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले मन्त्री चयनमा समावेशी र सबै प्रदेशको प्रतिनिधित्व हुन नसकेको बताएका छन् ।
मंगलबार बालुवाटारमा छलफल गर्दै उनीहरूले संघीय सरकारमा दलित समुदायको प्रतिनिधित्व शून्य हुनु दु:खद भएको निष्कर्ष निकालेका हुन् ।
छलफलमा सहभागी प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईँले मन्त्रिपरिषदमा दलित समुदायको प्रतिनिधित्व शून्य रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशबाट मन्त्री छनोट नगर्नुले गम्भीर बनाएको बताए । कांग्रेसले सहमहामन्त्री जीवन परियारलाई मन्त्री बनाउने चर्चा भएपनि अन्तिममा उनी छुटेका थिए ।
उनीहरूले गण्डकी प्रदेशको समृद्धि, गण्डकीले संसदमा खेल्ने भूमिका र राज्यमा गण्डकीको प्रतिनिधित्वका विषयमा पनि छलफल गरेका हुन् । गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । संघ र पार्टीसँग समन्वयबिना नै प्रदेश सरकार सञ्चालन भइरहेको उनीहरूको भनाइ थियो ।
गण्डकीभित्र एकता नभएकोले पनि राष्ट्रिय राजनीतिमा गुटहरूको नेतृत्वले निषेध गरिरहेको छलफलमा कुरा उठेको थियो । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, प्रतिनिधि सभा सांसदहरू शंकर भण्डारी, राजेन्द्र बजगाईँ, राजु थापा, राष्ट्रिय सभा सदस्य कमला पन्त, किरणबाबु श्रेष्ठलगायत उपस्थित थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाएको कांग्रेसमा भूगोलको समान प्रतिनिधित्व र समावेशितालाई उपेक्षा गरिएकामा असन्तुष्टि देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’को उपाधि
-
थकान, बढ्दो वजन थाइराइडको संकेत हुनसक्छ