३० दिनमा सकियो ‘ज्वाइँ साब’को सुटिङ

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन सकिएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा छायाङ्कन भएपछि फिल्म सकिएको हो ।कलाकार र प्राविधिकहरूको साथका कारण तोकिएकै समयमा फिल्मको छायाङ्कन सकिएको निर्देशक वसन्त निरौलाले बताए ।
फिल्ममा कलाकार जितु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरूको अलवा फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।
छायाङ्कन सकेसँगै फिल्मको निर्माण टिम पोस्ट प्रोडक्शनको काममा जुटेको छ । यो फिल्ममा जितु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रूपमा देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट