जथाभाबी विद्युतीय तार छाड्नेमाथि ज्यान मुद्दा दर्ता
रौतहट । रौतहटमा जथाभाबी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।
आरोपीहरूले विद्युत्को पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा मृत्यु भएको थियो।
पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
गत सोमवार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण