बंगलादेशमा इन्टरनेट सेवा बन्द हुँदा नेपाली विद्यार्थीसँगकाे सम्पर्क टुट्यो
काठमाडौँ । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।
कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन ।
नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले नेपाली विद्यार्थीहरू हालसम्म सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले अहिलेसम्म सुरक्षित रहेको र केही विद्यार्थी नेपाल फर्किसकेको बताए । इन्टरनेट सेवा बन्द भएपछि बंगलादेशस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्क भइरहेको उनले बताए ।
‘दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ । घर फर्किन चाहने विद्यार्थीलाई दूतावासले सहजिकरण पनि गरिरहेको छ । हवाई र सडक मार्ग हुँदै समेत विद्यार्थीहरू आइरहेका छन्,’ प्रवक्ता राईले रातोपाटीसँग भने ।
बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण