यस्तो छ ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’
काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत रिलिज गरिएको छ । ‘उडायो मन’ बोलको सार्वजनिक गीतमा शब्द, संगीत र एरेन्ज जयन जे वाइवाले गरेका हुन् ।
गीतमा इन्द्रकला राईको स्वर छ । गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का देखिएकी छन् । सिम्रिक खड्का तथा निश्चल बस्नेत समेत देखिने गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्काकै निर्माण रहेको फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण