संविधान संशोधनको चर्चाले तराई–मधेस तरंगित
पर्सा । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको नयाँ सत्ता समीरकणका साथै संविधान संशोधनको चर्चाले तराई–मधेस तरंगित बनेको छ ।
संसद्का दुई ठुला राजनीतिक दलको गठबन्धनलाई मधेस केन्द्रित दलहरू जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरूले समर्थन गरेको देखिए पनि त्यसबाहेकका मधेस केन्द्रित अन्य दलहरू दुई दलको मोर्चाविरुद्ध मोर्चाबन्दी गर्न थालेका हुन् । तराई–मधेस लोकतान्त्रिक पार्टी, माओवादीका नेताहरू सम्मिलित मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल सद्भावना पार्टीले ठुला दलको विरोधमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गर्दै विभिन्न कार्यक्रमको घोषणा समेत गरेका छन् ।
संविधान सभा सदस्य तथा एकीकृत समाजवादीका नेता शीतल झाको नेतृत्वमा गठन गरिएको मोर्चामा अन्य दलहरूलाई पनि बिस्तारै ल्याउने तयारी छ । प्रतिनिधि सभाबाट समानुपातिक प्रतिनिधित्व हटाउने, राष्ट्रिय सभाको स्वरुप र भूमिका बदल्ने लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको तयारी गरेको मोर्चाको आरोप छ ।
जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै झाले राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता एवं समावेशी प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमाङ्कनमा पहिचान आधारित सुधार हुनुपर्ने बताए ।
नवगठित संयुक्त मधेस संघर्ष समितिले सबै पहिचानवादी संघीयतावादीलाई गोलबन्द हुन अपिल गर्दै आगामी साउन २६ गते जनकपुरधाममा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण