स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
शनिबार, ०५ साउन २०८१, १८ : २७
कास्की । पोखरा महानगरपालिका-१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रुपैयाँसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेम बहादुर परियार र माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने ४० वर्षीय मन बहादुर तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्की भित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण