३५ दिनमा सकियो फिल्म ‘तेल भिसा’को छायांकन
काठमाडौँ । शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ । दुई चरण गरेर फिल्मको छायांकन ३५ दिनमा सकिएको हो ।
चितवनको भरतपुरमा अन्तिम दृश्य खिचिएको फिल्मको इन्डक्ल्याप भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गरेकी थिइन् ।
मेयर दाहालले फिल्म भरतपुरमा छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवादसहित टोकनअफ लभ समेत दिएकी थिइन् । उक्त अवसरमा मेयर दाहालले ‘तेल भिसा’लाई सफलताको शुभकामना दिँदै फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू फिल्म हेर्ने उत्सुक रहेको बताइन् ।
फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । जहाँ ७० प्रतिशत छायांकन गरिएको थियो । त्यसपछि फिल्म युनिट चितवनको भरतपुर पुगेको थियो । फिल्मका निर्देशक शंकर घिमिरे हुन् ।
घिमिरे यसै फिल्म मार्फत १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । यसअघि ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ फिल्म निर्देशन गरेका घिमिरे अमेरिका उडेपछि फिल्मबाट टाढा भएका थिए ।
फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिकामा देखिनेछन् । विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् ।
आगामी मंसिर ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण