मैत्रीपूर्ण भलिबल खेलमा नेपाल रसियन टोलीसँग पराजित
आइतबार, ०६ साउन २०८१, २१ : ३१
काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट रसियाले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पर्यो । नेपालले काभा नेसन्स लिगको तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो ।
यही साउन १७ गतेदेखि राखेप कभर्डहलमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र माल्दिभ्स सहभागी हुँदैछन् । नेपालले रसियासँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण