रोकियो लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस कार्यक्रम स्थगित गरिएको छ । बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।
प्रदेश प्रमुख कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको भए पनि अन्तिम समयमा स्थगित भएको कांग्रेस सांसद कुन्दनराज काफ्लेले जानकारी दिए । उनका अनुसार समय सीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको हो ।
कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने उनले बताए । लामाले मंगलबार बिहान १०/११ बजे मुख्यमन्त्रीमा दाबी गर्ने उनको भनाई छ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको उनले बताए ।
सत्ता समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण