पूर्वमन्त्री रामचन्द्र रायको हत्या प्रकरण : सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग
सोमबार, ०७ साउन २०८१, ११ : ३६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वमन्त्री रामचन्द्र रायको हत्या भएको घटना दुखद् र निन्दनीय रहेको जनाएको छ ।
राप्रपाका संस्थापक नेता समेत रहेका रायको गएराति सर्लाहीको चन्द्रनगर गाऊँपालिका-१ स्थित आफ्नै निवासमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
राप्रपाले घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको प्रवक्ता मोहन श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्mत राप्रपाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण