मंगलबार बजेट ल्याउँदै भारत
सोमबार, ०७ साउन २०८१, ११ : ५८
काठमाडौँ । भारतले मंगलबार (जुलाई २३) मा बजेट ल्याउने भएको छ । सन् २०२४ को युनियन बजेट अर्थमन्त्री निर्मला सितारमणले ल्याउन लागेकी हुन् ।
निर्मलाले भारतमा ल्याउने यो ७ औँ बजेट हुनेछ । टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संघीय संसद्मा बजेट प्रस्तुत गर्नेछन् ।
इकोनोमिक टाइम्सका अनुसार आज भारतीय संसद्मा आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ । यसपछि मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनेछ ।
आफ्नो तेस्रो कार्यकालमा रहेका प्रधानमन्त्री मोदीले बजेटमार्फत आफू अनुकूल नीति निर्माणमा जोड दिनेछन् । फस्ट पोस्टकारअनुसार यो भारतमा एकै वर्षमा दोस्रो बजेट हुनेछ ।
यसअघि फेब्रुअरी १ मा अन्तरिम बजेट ल्याइएको थियो । चुनावी वर्ष भएकाले चुनाव अघि पूर्ण बजेट ल्याउन नसक्दा यस्तो भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण