चार जना मृत फेला
सोमबार, ०७ साउन २०८१, १२ : २१
काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
- रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुखानगर बस्ने बाग्लुङ बरेङ गाउँपालिका-३ घट्टे घर भएका ४० वर्षीय भोज बहादुर खत्री तिलोत्तमा नगरपालिका-४ सिमानगरस्थित बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- पर्साको वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३० वर्षीय मंसुद मिया बहुदरमाई नगरपालिका र वीरगन्ज महानगरपालिका-२७ को सीमामा बग्ने तिलावे खोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- रसुवाको नौकुण्ड गाउँपालिका-३ पाटीखर्क बस्ने २४ वर्षीया मानकुमारी तामाङ सोही नगरपालिका-४ दनसौरास्थित पहिरो गएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । असार ३१ गते घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
- उदयपुरको रौतामाइ गाउँपालिका-८ पावु बस्ने ७२ वर्षीय धमान सिंह पाचे मगर सोही गाउँपालिका-८ स्थित हुल्मा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण