संसद्मा शशांकले खाए गुट्खा, साहले पुष्पलाललाई भने ‘पुष्पकमल’
काठमाडौँ । सोमबारको प्रतिनिधिसभा बैठकमा दुई सांसदले अनौठा दृश्य र अभिव्यक्ति दिए । जसको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । एमाले सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई सम्झने क्रममा ‘पुष्पकमल दाहाल’ उच्चारण गरे । त्यस्तै नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले बैठकमै गुट्खा खाए ।
साहले पुष्पलाल श्रेष्ठ भन्नुपर्ने ठाउँमा पुष्पकमल दाहाल भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । ‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल......पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु’, साहले बोल्ने क्रममा भनेका थिए ।
साह बोल्दाबोल्दै माओवादी केन्द्रका सांसद पाण्डेले नियमापत्ति जनाए । ‘म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु’, पाण्डेले भने । उनले साहले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह समेत गरेका थिए ।
यता सांसद कोइरालाले संसद् बैठकमै सुर्तीजन्य पदार्थ (गुट्खा) सेवन गरेका थिए । उनले गुट्खा खाँदै गरेको दृश्य भीडीओमा प्रस्टै देखिन्छ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले बोलिरहेको समयमा कोइरालाले गुट्खा खाएको भिडियो सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा भाइरल बन्नुका साथै आलोचना समेत भएको छ । स्मरण रहोस् यसअघि कांग्रेस सांसद अर्जुननरसिंह केसीले समेत संसद्मा सुर्ती खाएपछि आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण