मंसिर २ गतेसम्म फुटपाथ बिस्तार नगर्ने महानगर र स्थानीयबिच सहमति
काठमाडौँ । काठमाडौँ महानगरपालिका र स्थानीयबिच न्यूरोडलगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।सोमबार भएको सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबिच छलफल भएको थियो ।
इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर समितिले मंसिर २ गते प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा त्यसपछि थप कार्य अघि बढाउने सहमति भएको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए ।
न्यूरोडमा काठमाडौँ महानगरले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनसहित स्थानीयले विरोध गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण