रसियासँगको मैत्रीपूर्ण भलिबलमा नेपालको हार (तस्बिरहरु)
काठमाडौँ । नेपालले अनुभवी रसियासँगको दुवै मैत्रीपूर्ण भलिबल खेलमा हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरे पनि पाहुना टोली रसियासँग ३–० ले हार व्यहोरेको हो ।
काभा महिला भलिबल नेसन्स लिगको तयारीका लागि नेपालले बलियो टोली रसियासँग मैत्रीपूर्ण खेल पनि एक सेट पनि जित्न सकेन । पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले सोझो सेटमा नै गुमाएको थियो । दोस्रो खेलमा नेपालले पहिलो सेटमा भने राम्रो प्रदर्शन गर्न सकेन र पाहुना टोली पूर्णरूपमा हाबी भयो ।
पहिलो सेटमा तालमेल गुमाउँदा नेपालले २५–१४ ले सहजै सुम्पियो । तर दोस्रो र तेस्रो सेटमा भने नेपालले डिफेन्समा सुधार गर्दै पाहुना टोलीलाई चुनौती दियो । यद्यपि दोस्रो सेट रसियाले २५–२३ ले आफ्नो बनायो । तेस्रो सेटमा पनि नेपालले डिफेन्समा सुधारिएको प्रदर्शन गर्दै रसियामाथि दबाबमा बनायो । एक समय सेटमा अग्रता लिएपछि रसियाका प्रशिक्षकले दोस्रो रोजाइका खेलाडीलाई मैदान पठाए । तर त्यसको फाइदा लिँदै नेपालले खेलमा फर्कने संकेत गरेपछि रसियन प्रशिक्षकले आफ्नो महत्त्वपूर्ण खेलाडीलाई पुनः मैदान पठाए र यो सेट रसियाले २५–२२ ले सहजै आफ्नो बनायो ।
शारीरिक रूपमा बलियो रसियाले पहिलो खेलमा नेपाललाई २५–१७, २५–१९ र २५–१९ ले हराएको थियो । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
तस्बिर : कृष्ण खड्का/रातोपाटी













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण