अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सप्तरी । सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट खर्च गरिएकामा रु चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबिच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।
प्रमुखले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन