अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा
सप्तरी । सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा वडा नं ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि रु पाँच लाख बजेट खर्च गरिएकामा रु चार लाख ८४ हजार सात सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो ।
घाट निर्माणका क्रममा पालिका प्रमुख मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन । यसैबिच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन् ।
प्रमुखले आइतबार ब्याजसहित रु पाँच लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को पहिलो ‘रेड कार्ड ’: दक्षिण अफ्रिकाका याया सिथोले मैदान बाहिर
-
पहिलो हाफ सकिँदा आयोजक मेक्सिको १–० ले अगाडि
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
फिफा विश्वकप २०२६ सुरु: मेक्सिकोलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण