महिला एसिया कप क्रिकेट : आज नेपालले भारतको सामना गर्ने
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
साँझ ७:१५ बजे श्रीलङ्काको डम्बुला मैदानमा सुरु हुने खेलमा भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ।
नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।
समूह चरणका दुई खेल सकिँदा समूह ‘ए’को भारत चार अङ्कसहित शीर्ष स्थानमा छ। नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अङ्कसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन।
नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छन्। पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट नेपाली टिममा समावेश छन् ।
आजै हुने अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ। यो खेल दिउँसो २:१५ बजे सुरु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण