मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक हुँदै
नयाँ दिल्ली । भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।
आर्थिक सर्वेक्षणमा भारतको जीडीपी आर्थिक वर्ष २०२४/२०२५ मा करिब सात प्रतिशतको दरले बढ्न सक्ने अनुमान गरिएको छ । यससँगै आर्थिक वर्ष २०२४/२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५/२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकार आएको र तेस्रो पारीको पहिलो बजेट प्रस्तुत गर्ने बताएका थिए । उनले यो बजेट अमृतकालको महत्त्वपूर्ण बजेट भएको बताए ।
बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्ने बताउँदै मोदीले यो बजेटले सन् २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने दाबी गरे। ठूला अर्थतन्त्र भएका देशहरूमध्ये भारत सबैभन्दा तीव्र गतिमा बढ्दै गएको देश हुनु सबै देशवासीका लागि गर्वको विषय भएको पनि प्रधानमन्त्री मोदीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण