भारतको बजेट– बिहारको बाढी रोक्न ११ हजार ५०० करोड भारु, नेपालमा ब्यारेज बनाउने
काठमाडौँ । भारतले आर्थिक वर्ष २०२४–२४ को युनियन बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो तथा अर्थमन्त्री निर्मला सितारमणको सातौँ बजेट मंगलबार सार्वजनिक भएको हो ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा अर्थमन्त्री सितारणले देशको विपद् आर्थिक पाटोलाई समेट्ने प्रयत्न गरेकी छिन् । तीव्र आर्थिक विकासको महत्वकांक्षासहित ल्याइएको बजेटमा बिहारको बाढी रोक्न नेपालका खोला–नाला तथा नदी नियन्त्रणका लागि बजेट विनियोजन भएको छ ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री सितारणमले ११ हजार ५०० करोड भारु विनियोजन गरेको घोषणा गरिन् । उनले भनिन्, ‘बिहार निरन्तररुपमा बाढीबाट प्रभावित बनिरहेको छ । यो समस्या मुलुकबाहिरबाट उत्पत्ति भएको हो ।’
‘नेपालमा बाढी नियन्त्रणका लागि बनाइरहेका पूर्वाधार निर्माणाधीन छन्,’ अर्थमन्त्री सितारमणले भनिन्, ‘यसका लागि भारत सरकारले अनुमानित ११ हजार ५०० करोड विनियोजन गरेको छ । यो कोसी–मेचीसहित अन्य २० आयोजनाका लागि हो ।’
यसबाट नदीमा ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ आयोजना समेत समेटिएका छन् । यसबाहेक नदीजन्य अनुसन्धान तथा सर्वेक्षणलाई समेत निरन्तरता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण