भारतको बजेट– बिहारको बाढी रोक्न ११ हजार ५०० करोड भारु, नेपालमा ब्यारेज बनाउने

काठमाडौँ । भारतले आर्थिक वर्ष २०२४–२४ को युनियन बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो तथा अर्थमन्त्री निर्मला सितारमणको सातौँ बजेट मंगलबार सार्वजनिक भएको हो ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा अर्थमन्त्री सितारणले देशको विपद् आर्थिक पाटोलाई समेट्ने प्रयत्न गरेकी छिन् । तीव्र आर्थिक विकासको महत्वकांक्षासहित ल्याइएको बजेटमा बिहारको बाढी रोक्न नेपालका खोला–नाला तथा नदी नियन्त्रणका लागि बजेट विनियोजन भएको छ ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री सितारणमले ११ हजार ५०० करोड भारु विनियोजन गरेको घोषणा गरिन् । उनले भनिन्, ‘बिहार निरन्तररुपमा बाढीबाट प्रभावित बनिरहेको छ । यो समस्या मुलुकबाहिरबाट उत्पत्ति भएको हो ।’
‘नेपालमा बाढी नियन्त्रणका लागि बनाइरहेका पूर्वाधार निर्माणाधीन छन्,’ अर्थमन्त्री सितारमणले भनिन्, ‘यसका लागि भारत सरकारले अनुमानित ११ हजार ५०० करोड विनियोजन गरेको छ । यो कोसी–मेचीसहित अन्य २० आयोजनाका लागि हो ।’
यसबाट नदीमा ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ आयोजना समेत समेटिएका छन् । यसबाहेक नदीजन्य अनुसन्धान तथा सर्वेक्षणलाई समेत निरन्तरता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण