बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण बुधबार
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण बुधबार हुने भएको छ । बुधबार बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।
मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ ।
लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि बुधबार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि बुधबार शपथ ग्रहण हुने भएको हो ।
कांग्रेसको भागमा परेको ६ मन्त्रालयमा को–को मन्त्री जाने भन्ने विषय टुंगिन सकेको छैन । कांग्रेसको ६ मन्त्रालयका लागि दर्जनभन्दा बढी सांसदहरूको नाम चर्चामा रहेको छ । आकांक्षी बढी हुँदा कांग्रेसले मन्त्री टुंग्याउन सकेको छैन ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण