सडक मर्मत र संरक्षण प्रभावकारी बनाउन मन्त्री दाहालको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरूको अनुगमनका क्रममा सडक बोर्ड नेपालमा पुगेका मन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्र नहुने गरी सुरक्षित रूपमा सडक मर्मत र सुरक्षामा परिचालित हुन निर्देशन दिए ।
अधिकांश नेपाली यात्रु सडक मार्गमा नै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरी सबै कार्यालय र जनशक्ति परिचालित गर्न उनको निर्देशन थियो । सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकहरूको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहज बनाउन समेत बोर्डलाई निर्देशन दिए ।
त्यस क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बोर्डलाई प्रभावकारी बनाउने केही नीतिगत सुधारको कदम अघि बढीसकेको मन्त्री दाहाललाई जानकारी गराए । वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बोर्डलाई प्राप्त हुने विभिन्न श्रोतको रकम सोझै बोर्डमा प्राप्त हुने कानुनी व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गरिदिन मन्त्री समक्ष माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण