शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

सडक मर्मत र संरक्षण प्रभावकारी बनाउन मन्त्री दाहालको निर्देशन

बुधबार, ०९ साउन २०८१, १० : १०
बुधबार, ०९ साउन २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरूको अनुगमनका क्रममा सडक बोर्ड नेपालमा पुगेका मन्त्री दाहालले वर्षायाममा यात्रु अलपत्र नहुने गरी सुरक्षित रूपमा सडक मर्मत र सुरक्षामा परिचालित हुन निर्देशन दिए । 

अधिकांश नेपाली यात्रु सडक मार्गमा नै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरी सबै कार्यालय र जनशक्ति परिचालित गर्न उनको निर्देशन थियो । सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै मन्त्री दाहालले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकहरूको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहज बनाउन समेत बोर्डलाई निर्देशन दिए । 

त्यस क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बोर्डलाई प्रभावकारी बनाउने केही नीतिगत सुधारको कदम अघि बढीसकेको मन्त्री दाहाललाई जानकारी गराए । वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बोर्डलाई प्राप्त हुने विभिन्न श्रोतको रकम सोझै बोर्डमा प्राप्त हुने कानुनी व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गरिदिन मन्त्री समक्ष माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप