ढुंगाले लागेर फास्ट ट्रयाकका एक कामदारको मृत्यु, एक जना घाइते
हेटौंडा । ढुंगाले लागेर तराई/मधेस ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) सडक आयोजनामा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ चालिसे डाँडास्थित सुरुङ मार्ग भित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु भएको हो ।
यस्तै घटनामापरी अर्का एक जना कामदार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुरुङ भित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ नगरपालिका घर भएका २७/२८ वर्षको विमल थिङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै तनहुँ घर भएका अर्का २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएका छन् । उनको ढाडँ र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । घाइते विकको हेटौंडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार दिउँसो साँढे ३ बजेको समयमा फाष्ट ट्रयाकको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा उनीहरूलाई लागेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण