प्रमुख प्रशासकीय अधिकृत सरुवा नगर्न सर्वोच्चको आदेश
बारा । जीतपुर सिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।
जिम्मेवारी सम्हालेको ३ महिना नपुग्दै कानुन विपरीत मापदण्ड मिचेर सरुवा गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध मंगलवार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
रिटको सुनुवाइ गर्दै न्यायाधिश अब्दुल अजीज मुसलमानको एकल इजलासले उत्प्रेषणको आदेश दिएको हो । सर्वोच्चले तत्कालका लागि सरुवा नगर्न अल्पकालीन आदेश दिएपनि साउन २० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी सहित एमाले वडाध्यक्षहरूले डेढसाता अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता (एमाले) लाई भेटेर काफ्लेलाई मन्त्रालय सरुवा गर्दै चेतकुमार पोखरेललाई ल्याउने निर्णय गराउन सफल भएका थिए ।
सो निर्णय विरुद्ध उपमहानगरका नगरप्रमुख राजन पौडेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सामान्य प्रशासन मन्त्रालयलाई छुटछुटै पत्र पठाएर सरुवा निर्णय कार्यान्वयन नगर्न÷नगराउन लिखित रूपमै अनुरोध गरे । साथै यसअघि २७ महिना जीतपुर सिमराको प्रशासकीय प्रमुख जिम्मेवारीमा रहँदा पोखरेलले उपमहानगरको सरकारी टिपर प्रयोग गरेर तस्करीको सालको काठ ओसारपसार गरेको मुद्दा विचाराधीन अवस्थामा छ । नगरप्रमुख पौडेलले विवादित व्यक्तिलाई उपमहानगरमा हाजिर नगराउने सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइसकेका छन् ।
यही विवादका बिच प्रक्रिया मिचेर आफ्नो सरुवा गरिएको भन्दै काफ्ले सर्वोच्च पुगेकी हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण