धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित
बिहीबार, १० साउन २०८१, १५ : ३९

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरू बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् ।
बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरूलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए ।
उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन । अहिले पनि रोकिएको छैन । उतै बसोबास गर्ने, काम गर्ने गर्छन् । तर धेरै विद्यार्थी जान थाले भने रेमिट्यान्स घट्दा समस्या हुन्छ । त्यही भएर यसमा विचार गर्नुपर्छ । १२ कक्षासम्मका बच्चाहरूलाई सिधै सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै