मन्त्रिपरिषद् बैठक
योजना आयोगकाे उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
बिहीबार, १० साउन २०८१, १७ : २२
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् ।
त्यस्तै आयोगकाे सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण