बागमतीमा कांग्रेसका बाँकी चार मन्त्रीले शपथ लिँदै
हेटौँडा । बागमती प्रदेशमा कांग्रेसका बाँकी चारजना मन्त्रीहरुले आज शपथ लिने भएका छन् । कांग्रेसका सातजना मन्त्रीमध्ये ३ जनाले बुधबार नै शपथ लिएका थिए । आज कांग्रेसका मिनकृष्ण महर्जन, प्राभात तामाङ, सुरेशचन्द्र लामिछाने, विमल ठकुरी लिने भएका हुन् ।
मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको १४ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेसका सात र एमालेका ६ जना मन्त्री रहेका छन् । एक जना विना विभागीय मन्त्रीको भन्ने टुंगो लागिसकेको छैन ।
कांग्रेसबाट महर्जनले युवा तथा खेलकुद, तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय,लामिछाने आन्तरिक मामिला तथा कानुन, ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि सो पार्टीबाट कुन्दनराज काफ्लेले सामाजिक विकास, श्यामबहादुर खड्काले खानेपानी,ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही पार्टीबाट मन्त्री बनेका मदुकुमार श्रेष्ठको जिम्मेवार भने पछि तोकिने जनाइएको छ ।
त्यस्तै एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास, किरण थापा मगरले स्वास्थ्य, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात, शुक्रमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण