ओलम्पिकको इतिहासमा पहिलो पटक रङ्गशाला बाहिर उद्घाटन समारोह
पेरिस । आज पेरिस ओलम्पिकको उद्घाटन समारोह हुँदै छ । स्थानीय समयअनुसार साँझ ७ः३० देखि सो कार्यक्रम सुरु हुनेछ । यो ओलम्पिकको ३४ औँ संस्करण हो । ओलम्पिकको १२९ वर्षको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला भित्र नभएर बाहिर हुन लागेको छ ।सन् १८९६ देखि सन् २०२० सम्म ओलम्पिकको उद्घाटन समारोह रङ्गशालाभित्रै भएका छन् ।
समारोह पेरिसको सेइन नदीबाट सुरु भएर ट्रोकेडारो गाइडसम्म चल्नेछ । सांस्कृतिक समारोह भने सडकमा हुनेछ । २०६ देश र सङ्घका १० हजार ५०० खेलाडीले सेइन नदीमा डुङ्गाबाट परेड गर्नेछन् । सहरको बीचमा उद्घाटन कार्यक्रम हुनेछ । परेड ६ किमी लामो हुनेछ । सो समारोहलाई ३ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको छ ।
समारोहमा १२० भन्दा बढी देशका नेता र प्रशासनिक अधिकारीहरू सहभागी हुनेछन् । परेड सकिएपछि केही समय फ्रान्सेली संस्कृति झल्कने नृत्य तथा गायन कार्यक्रम हुनेछ । समारोह करिब २ घण्टा चल्नेछ । फ्रान्सले सन् २०२४ को ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण