मौद्रिक नीति ‘ब्यालेन्स’मा रहेर आयो, अर्थतन्त्र चलायमान बनाउँछ : लघुवित्त बैंक संघ
काठमाडौँ । नेपाल लघुवित्त बैंक संघका अध्यक्ष रामबहादुर यादवले चालू वर्षका लागि आएको मौद्रिक नीतिको स्वागत गरेका छन् । मौद्रिक नीति सार्वजनिकपछि प्रतिक्रिया दिँदै उनले २०८१–८२ का लागि आएको मौद्रिक नीति ‘ब्यालेन्स’मा रहेर आएकाले समर्थन गर्ने बताएका हुन् ।
‘बजारमा आर्थिक स्रोत परिचालन हुनेगरी कर्जाको विस्तार लक्ष्य लिइएको छ,’ यादवले भने, ‘कर्जा विस्तारका लागि बैंकिङ क्षेत्रको औजारमा सहजीकरण गरिएको छ ।’ कर्जाको विस्तार हुँदा मूल्य वृद्धिमा पर्ने चापलाई ध्यानमा राखेर निमन्त्रणको नीति समेत लिइएको छ ।
यस्तै व्यवसायीलाई परेको समस्या पहिचान गरेर सहजीकरण गरिएको यादवको भनाई छ । ‘बैंकका ग्राहकको समस्यालाई सम्बोधन गर्न खोजिएको छ,’ उनले भने, ‘समग्ररुपमा हेर्दा बैंक क्षेत्रलाई दिगोरुपमा लैजानका लागि मौद्रिक नीति लचिलो बनेको छ ।’ मौद्रिक नीतिले देशको अर्थतन्त्रलाई चलायमान बनाउँछ ।
यस्तै लघुवित्तको मर्जरलाई प्राथमिकता दिइएको बारेमा बोल्दै यसअघि संस्थाको मर्जरलाई मात्रै प्राथमिकता दिइएको स्मरण गरे । ‘यो मौद्रिक नीतिले भने शाखाको मर्जरलाई समेत प्राथमिकता दिनेगरी आएको उनको भनाई छ । योचाहिँ प्राविधिक विषय हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण