प्रतिघण्टा २० वर्ग किलोमिटरको दरले फैलिरहेको छ क्यालिफोर्नियाको डढेलो
क्यालिफोर्निया । उत्तर क्यालिफोर्नियाको विभिन्न भागमा फैलिएको डढेलो प्रतिघण्टा २० वर्ग किलोमिटरको दरले फैलिरहेको छ । बुधबारदेखि सुरु भएको ‘द पार्क फायर’ कसैले जानाजान सुरु गरेको आशङ्का गरिएको छ । बट्टे काउन्टीमा रहेको एलिगेटर होलमा जलिरहेको कार फालेर डढेलोको सुरुवात गरेको आरोपमा एक ४२ वर्षीय पुरुष बिहीबार पक्राउ परेका छन् ।
डढेलोले चिकोको उत्तर पूर्वमा ३ लाख ४८ हजार क्षेत्रफल सखाप पारिसकेको बताइएको छ । शनिबारसम्म आगलागी नियन्त्रणमा आउन नसकेको राज्यको आगलागीसम्बन्धी एजेन्सी काल फायरले जानकारी दिएको छ । करिब २५ सय अग्नि नियन्त्रकहरू डढेलोसँग जुधिरहेका छन् । तर, भिरालो जमिन र तीव्र हावाका कारण उनीहरूलाई यसलाई नियन्त्रण लिन सकस परिरहेको छ ।
यो वर्ष सो राज्यमा लागेको सबैभन्दा ठुलो डढेलो हो । सन् २०१८ मा यस क्षेत्रमा लागेको डढेलोमा परेर ८० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण