समाचार
धरौटीमा रिहा भएपछि पत्रकारसँग पूर्वमुख्यसचिव– तपाईंहरुको इच्छा पूरा भएन
आइतबार, १३ साउन २०८१, १८ : ४८
काठमाडौँ । विशेष अदालतले पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण