समाचार
धरौटीमा रिहा भएपछि पत्रकारसँग पूर्वमुख्यसचिव– तपाईंहरुको इच्छा पूरा भएन
आइतबार, १३ साउन २०८१, १८ : ४८

काठमाडौँ । विशेष अदालतले पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ । अदालतमा धरौटीमा रिहा भएपछि फोटो खिच्दै गरेका फोटोपत्रकारहरुलाई अर्यालले भने, ‘तपाईंहरूको इच्छा पुरा भएन ।’
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए । तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन
-
विद्यालय कर्मचारीले हातमा कालोपट्टि बाँधेर काम गरे
-
बैंकर र व्यवसायी छुट्याउन आवश्यक : डा. स्वर्णिम वाग्ले
-
प्रधानमन्त्री र नेपालका लागि जापानी राजदूतबिच शिष्टाचार भेट
-
गोल्डकोस्ट ओपन तेक्वान्दोमा नेपालका अदिशले जिते स्वर्ण