गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ । दुई तिहाइ बहुमत भएको सत्ता पक्षका सांसद नै हाजिर गर्दै बाहिरिँदै गरेपछि गणपूरक संख्या नपुगेर प्रतिनिधि सभाको आइतबारको बैठक स्थगित भएको छ ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८० पारित गर्ने कार्यसूची थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
विधेयकको सैद्धान्तिक छलफल र छलफलका क्रममा उठेका प्रश्नको मन्त्री भट्टराईले जवाफ दिएपछि आइतबारै पारित गर्ने कार्यसूची थियो ।
सभामुख देवराज घिमिरेले विधेयकको सैद्धान्तिक छलफल सकिएको भन्दै विधेयक पारित गर्न प्रस्ताव गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियारले गणपूरक माग गरेका थिए । प्रतिनिधिसभाको धारा ९४ अनुसार प्रतिनिधिसभामा प्रस्तुत भएका कुनै पनि प्रस्ताव पेस गर्न सम्पूर्ण सदस्य संख्याको एक तिहाइ नहुँदासम्म पेस गर्न नमिल्ने बताए ।
‘नेपालको संविधानको धारा (९४) अनुसार प्रतिनिधि सभामा छलफल भएका कुनै पनि प्रश्न र प्रस्ताव सम्पूर्ण सदस्य संख्याको एक चौथाइ नभएसम्म निर्णयार्थ प्रस्तुत गर्न मिल्दैन । त्यसैले निर्णयार्थ प्रस्तुत नगरियोस् भन्ने माग गर्दछु’, उनले भने । सभामुखले उक्त चरण प्रवेश नगरेको बताएपछि परियार आफ्नो सिटमा बसे । सभामुख घिमिरेले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि परियार फेरि उठे । सभामुखले बोल्न समेत दिए ।
परियारले यसअघि भनेकै भनाइ दोहोर्याए । त्यसपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सांसद संख्या गणना गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए । संख्या गन्दा प्रतिनिधि सभामा ६७ जना मात्र उपस्थित थिए । जबकि सम्पूर्ण संख्या २ सय ७५ को एक चौथाइ पुग्न ६९ सांसद बैठकमा उपस्थित भएको हुनुपर्छ । संसदमा प्रस्तुत विधेयक वा अरू प्रस्ताव पारित गर्ने प्रमुख दायित्व सत्ता पक्षको हो ।
संसदमा बहुमत हुने भएकाले सभामा कम्तीमा एक चौथाइ सदस्य संख्या पुर्याउने जिम्मेवारी सत्ता पक्षकै हुन्छ । तर, नेपालको संसदमा सांसदहरु भत्ताका लागि हाजिर गर्दै बाहिरिँदै गर्ने प्रवृत्तिका कारण पटकपटक गणपूरक संख्या नपुगेर बैठक स्थगित हुने गरेको छ । गणपुरतक माग भएपछि सत्ता पक्षका प्रमुख सचेतकहरूले फोन गरेर आप्ना सांसदलाई बोलाउने प्रयास गरेका थिए ।
तर, सबै सांसद टाढै पुगिसकेका कारण तत्काल उपस्थित हुन सकेनन् र बैठक स्थगन भयो । प्रतिनिधि सभाको अर्को बैठक सोमबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण