४० दिनमा सकियो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन दुई चरणमा गरेर ४० दिन लगाएर पूरा गरेको हो ।
गत जेठ २४ गतेदेखि छायाकंन सुरु गरिएको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौँ उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ भने बालकालकारमा जान्भि पौडेल र स्वायम् केसी रहेका छन् ।
छायांकन सकिएसँगै निर्माता पौडेलले आउँदो दसैँमै रिलिज गर्ने तयारी गरिरहेको जानकारी दिए । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको सोसल–ड्रामा जनरा रहेको फिल्मका निर्देशन सरोज पौडेल हुन् । उनी स्वयमको कथा फिल्ममा रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहने बताइएको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण