सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।
मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।
अर्थमन्त्री पौडेलले साना तथा घरेलु उद्योगमा रोजगारीको ठुलो सङ्ख्या रहेको तथा स्वरोजगारीको महत्त्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए । उनले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिनुपर्ने कुराहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योग व्यवसायीहरूले ऐन, कानुनमा सुधार गर्न चाहेको बुँदाहरूको सम्बन्धमा लिखित रूपमा सुझाव दिन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भोटो जात्रा मनाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री
-
कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक