आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानी योग्य पुँजी थुप्रिरहेको छ ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४० अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।
समीक्षा अवधिमा सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) जम्मा ७८.४७ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो मार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण