‘पुष्पा २’ को क्लाइमेक्स सिनको भिडियो लिक
नयाँ दिल्ली । अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ को सेटबाट एउटा भिडियो लिक भएको छ । यो भिडियो फिल्मको क्लाइमेक्स दृश्यको सुटिङका क्रममा खिचिएको बताइएको छ ।
यस बीटीएस भिडियोमा फिल्मसँग सम्बन्धित कास्ट र क्रु सदस्यहरू इन्टेन्स फाइटको दृश्य छायाङ्कन गरिरहेको देखिन्छ । भिडियोमा, रगतले लतपतिएको मानिस हार्नेस (केबल)मा झुण्डिएको देखिएको थियो । अरुले भने सेटअपमा मद्दत गरिरहेका थिए ।
यो क्लिपमा रश्मिका वा अल्लु अर्जुन भने देखिएका थिएनन् । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अल्लु आक्रोशित भएका छन् ।
उनीहरूले यो भिडियो इन्टरनेटबाट हटाउन आग्रह गरेका थिए । पुष्पा २ को सेटबाट कुनै फुटेज लिक भएको यो पहिलो पटक होइन ।
यसअघि पनि रश्मिका मन्डन्नाको एक भिडियो भाइरल भएको थियो । भिडियोमा उनी श्रीवल्लीको गेटअपमा देखिएकी थिइन् ।
६ डिसेम्बरमा रिलिज हुँदैछ फिल्म
सुकुमार निर्देशनमा बन्न लागेको पुष्पा २ यस वर्षको अगस्ट १५ मा हलमा रिलिज हुँदैछ । तर अब यो फिल्म यसै वर्षको डिसेम्बर ६ मा रिलिज हुँदैछ ।
फिल्म पाँच भाषामा रिलिज हुनेछ । फिल्मको पहिलो भाग डिसेम्बर २०२१ मा रिलिज भएको थियो ।
यसले बक्स अफिस कमाईको मामिलामा कयौँ रेकर्ड तोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण